सिन्धुपाल्चोक बस दुर्घटनाः मृत्यु हुनेको संख्या १७ पुग्यो(अपडेट)

98
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुकुटेबाट सुनकोसीमा खसेको हो ।


१५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत छिन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

 


  •  
  •  
  •