दुबईमा सवारी दुर्घटनामा ६ नेपालीको मृत्यु

79
  •  
  •  
  •  

काठमाडौं । युएईको दुबईमा सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा एक भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन् ।

स्थानीय समयअनुसार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको रसिद अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •