भारतीय बस दुर्घटना, २७ घाइते

164
  •  
  •  
  •  

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । बाँकी सबै डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •