डुंगा पल्टिँदा कम्तीमा ११ को मृत्यु

86
  •  
  •  
  •  

नयाँदिल्ली । भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिएको हो ।

डुंगामा १९ जना व्यक्ति सवार थिए । पाँच जनालाई सुरक्षित रुपमा उद्दार गरिएको छ भने अन्य तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरु रहेका छन् ।  प्रत्यक्षदर्शीका अनुसार गणेशको प्रतिमा निकै ठूलो थियो । प्रतिमालाई नदीमा विसर्जन गर्ने बित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो ।

दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ) को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो । घटनालाई लिएर जनसम्पर्क मन्त्री पीसी शर्माले दुर्भाग्यपूण भनेका छन् ।


  •  
  •  
  •