एसीसी यू–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित

208
  •  
  •  
  •  

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
श्रीलंकासँग नेपालले पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।

श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे ।

बलिङतर्फ राशिद खानले दुई विकेट, पवन सर्राफ र सागर ढकालले एक/एक विकेट लिएका थिए ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए ।
उनले ५४ रन बनाएका थिए ।

त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए ।


  •  
  •  
  •