टिप्परले ३ वटा बाइकलाई ठक्कर दियो, १ को मृत्यु, चार घाइते

61
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं सिनामंगलमा टिप्परले ३ वटा बाइकलाई ठक्कर दिएको छ ।  दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नम्बर खुल्न नसकेको टिप्परले नम्बर खुल्न नसकेको एक भिआर मोटर साइकलका साथै बा ८५ प ५६९ र ज ४३ प ९७५३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा दुर्घटना भएको हो । भिआर बाइकको नम्बर प्लेट नै कुच्चिएकाले नम्बर खुल्न सकेको छैन् ।

ठक्कर दिने टिप्पर भने भागेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक तथा घाइतेको नाम खुल्न बाँकी रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


  •  
  •  
  •