दुर्घटनामा १ जनाको मृत्यु, १५ घाइते

148
  •  
  •  
  •  

मकवानपुर । हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •