त्रिशूली बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ९ पुग्यो(अपडेट)

381
  •  
  •  
  •  

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा शुक्रबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संखया ९ पुगेको छ ।

त्यस्तै दुर्घटनामा परि २० जना वेपत्ता भएका छन् ।  धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको बताए ।

बस त्रिशूली नदिमा खस्दा ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक–एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको छ ।
दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । शुक्रबार रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजीने प्रहरीले जनाएको छ ।

खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको प्रहरीले जनाएको छ ।  सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने १० जना घाइतेको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।


  •  
  •  
  •