मोदीको अनुहारमा जुत्ता राखिएको तस्विर फेसबुकमा

201
  •  
  •  
  •  

काठमाडौ, २० साउन(एजेन्सी) : केरलाका एक युवकलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गर्दै एक तस्विर फेसबुकमा पोष्ट गरेको आरोपमा पक्राउ गरिएको छ ।

modi in parliament of nepalआरोपी राजेशविरूद्ध कोल्लम जिल्लाको अञ्चल प्रहरीले मुद्धा दर्ता गरेका छन् । राजेशले फेसबुकमा ३ वटा तस्विर पोष्ट गरेका थिए । राजेश सिपिआई(एम)का कार्यकर्ताको बताइएको छ । उसकोविरूद्ध स्थानीय आरएसएस कार्यकर्ताले मुद्धा दर्ता गरेका थिए ।

प्रहरीका अनुसार पोष्ट गरिएको एक तस्विरमा मोदीको अनुहारमा जुत्ताको छाप देखिएको छ । राजेशले मोदीकाविरूद्ध अपमानजनक शब्दको पनि प्रयोग गरेका छन् । प्रहरीका अनुसार राजेशले एक अर्को पोष्टमा साम्प्रदायीक भावना भड्काउनेखालको कमेन्ट गरेका थिए । प्रहरीले राजेश विरूद्ध आइटी एक्टको धारा ६६(ए) र ६७ तथा IPC को धारा १५३ अनुसार मुद्धा दर्ता गरेको छ ।


  •  
  •  
  •