अबु धाबीमा पहिलो हिन्दू मन्दिरको शिलान्यास

315
  •  
  •  
  •  

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा पहिलो हिन्दू मन्दिरको शिलान्यास गरिएको छ ।
श्री अक्षर पुरुषोत्तम स्वामीनारायण नामक संस्थाको पहलमा मन्दिर शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमको अध्यक्षता संस्थाका आध्यात्मिक प्रमुख महन्त स्वामी महाराजले गरेका थिए ।
यूएईका लागि भारतीय राजदूत नवदीप सूरीले उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको एक बयान पढेर सुनाएका थिए ।

प्रधानमन्त्री मोदीको बयानमा १३० करोड भारतीयका तर्फबाट प्रिय मित्र र अबुधाबी क्राउन प्रिन्स शेख मोहम्मद बिन जायद अल नाहयानलाई शुभकामना दिनु उनको सौभाग्य भएको उल्लेख गरेका छन् ।

त्यस अबसरमा राजदूत सूरीले अबुधाबीको मन्दिर वैदिक मूल्यको प्रतीक रहेको बताएका थिए । प्रधानमन्त्री मोदीको तर्फबाट सूरीले यूएईमा बस्ने ३३ लाख भारतीय र अन्य संस्कृतिका मानिसका लागि मन्दिर प्रेरणाको स्रोत बन्ने बिश्वास व्यक्त गरे ।


  •  
  •  
  •