भारतीय गृहमन्त्रीको भनाईबारे के भन्छन् विज्ञ र मधेसी नेता ?

537
  •  
  •  
  •  

rajnath-singhकाठमाडौ, १४ भदौ(ओएनएस) : भारतीय सरकारका गृहमन्त्री तथा सत्तारूढ दल बिजेपीका नेता राजनाथ सिंहले नेपालको वर्तमान अवस्थामा त्यहाँ रहेका करिब १ करोड भारतीयहरूलाई संरक्षण गर्नुपर्ने बताएपछि उनको उक्त भनाईप्रति सबैतिरबाट चासो व्यक्त गरिएको छ ।

यस भनाईमा सरकारले अहिलेसम्म केही बोलेको छैन् र जनताले सरकारको जवाफ पर्खिरहेको अवस्था छ । पक्कै पनि यस विषयमा सरकारले जवाफ दिनु पर्छ । भारतीय सरकारको तर्फबाट आएको यो अभिव्यक्तिले पक्कै नेपाल र नेपालीको स्वाभिमान, सार्भभौमसत्तामाथी नै प्रहार गरेको छ ।

भारतीय गृहमन्त्रीको यो भनाईलाई भारतबारे जानकार विज्ञहरूले नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।  भारतीय सरकार तथा बिजेपीको पूर्व तयारीका साथ आएको र बिजेपीको दक्षिणपन्थी सोचको उपज रूपमा यस्तो भनाई आएको समेत उनीहरूको बुझाई छ ।

देशको सार्भभौमसत्तामाथी नै आँच पुर्‍याउने खालको भारतीय गृहमन्त्री राजनाथ सिंहको उक्त भनाईप्रति केही बौद्धिक व्यक्तित्वहरूको भनाई यस्तो छ :

अनुत्तरित राख्नु अथवा उपेक्षा गरेर समय खेर फाल्नु राष्ट्रको हितमा हुँदैन : रमेशनाथ पाण्डे, पूर्व परराष्ट्र मन्त्री

ramesh-nath-pandeyपूरै दक्षिण एसिया साम्राज्यवाद उपनिवेश रहेको बेलामा पनि सार्भभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाभिमानी रहेको नेपाल आज अफ्ठ्यारो अवस्थामा छ । सधै अक्षुण रहेको राष्ट्रिय एकता भंग गर्ने विशालु हावा बहन थालेको छ । यस अवस्थामा देखाउनुपर्ने सतर्कता, राष्ट्रिय क्षमता, शासकीय क्षमता र कुटनैतिक दक्षतामा सरकार चुकेको अनुभूति भइरहेको छ । यस अवस्थामा भारतसँगको सम्बन्धमा पनि अनिवार्य आपसी विश्वास र समझदारीमा पनि कालो बादल देखा पर्न खोजेको छ । तर, सरकार राष्ट्रिय सुरक्षाको यो आधारभूत पक्षप्रति चनाखो देखिँदैन ।

यसैबीच, भारतीय गृहमन्त्रीले अचानक दिनुभएको वक्तव्यले धेरै किसिमको प्रश्न उब्जाएको छ । यसलाई अनुत्तरित राख्नु अथवा उपेक्षा गरेर समय खेर फाल्नु राष्ट्रको हितमा हुँदैन । तसर्थ बाँडफाँड गर्ने कुलतमा लागेको शासनशैली सुधारेर परिस्थितिलाई संयम, परिपक्क र आँटिलो ढंगमा सम्बोधन गर्नुपर्छ ।

नेपाललाई सधै दबाएर राख्न सकिन्छ, मिचाईमा पारिरहन सकिन्छ भन्ने भ्रमको उपज : दीपक भट्ट

deepak pd bhattaदेशमा राज्यसंरचनाका सम्बन्धमा आगो बलिरहेका बेलामा राष्ट्रिय एकताको खाँचो छ । अहिलेको देशको अवस्थामा विभिन्न पक्षले खेल्न खोज्नु स्वभाविक पनि हो । भारतीय गृहमन्त्रीले भनेजस्तो नेपालमा १ करोड नेपाली छैनन् । उनले गरेको ब्याख्या शतप्रतिशत गलत र खारेज योग्य छ । यस विषयलाई मधेसी जनताले नै प्रतिकार गर्नुपर्छ ।

सरकारले पनि यस विषयलाई गम्भिर रूपमा लिनुपर्ने हुन्छ । यसले नेपाल र भारतबीचको सम्बन्धलाई थप बिगार्न सक्छ । यो भनाई दक्षिणपन्थी सोच भएको बिजेपी तथा भारत सरकारको नेपाललाई सधै दबाएर राख्न सकिन्छ, मिचाईमा पारिरहन सकिन्छ भन्ने भ्रमको उपज हो । यसले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई बिगार्नुका साथै नेपालका जनताबीचको एकतालाई समेत खल्बल्याउन सक्छ ।

भारतीय गृहमन्त्रीको भनाईले केही बिगार्दैन : राजेन्द्र महतो

rajendra mahatoभारतीय गृहमन्त्रीको यो भनाई आफ्ना नागरिकलाई सुरक्षित राख्ने सोचका रूपमा आएको हो । नेपालमा विभिन्न रूपमा व्यवसाय सञ्चालन गर्दै आएका भारतीय नागरिकको सुरक्षाका लागि भनेको हुनुपर्छ । नेपालमा १ करोड भारतीय छन् भन्ने भनाई गृहमन्त्रीको नभएर सञ्चारमाध्यमले ल्याएको हो त्यस्को कुनै अर्थ छैन् ।

भारतीय गृहमन्त्रीको भनाईले केही बिगार्दैन । देशको अहिलेको परिस्थितिमा मधेसी जनतामाथी सरकारले गरेको अत्याचारका क्रममा आफ्नो जनताको सुरक्षाको चिन्ता राख्नु स्वभाविक पनि हो ।


  •  
  •  
  •