भ्रूणहत्या गर्न नमानेपछि श्रीमती छाडेर भागे इन्जिनियर

410
  •  
  •  
  •  

झापा, असार २८ – श्रीमतीले भ्रूणहत्या गर्न नमानेपछि नेपाल सरकारका कर्मचारीका रुपमा कार्यरत एक इन्जिनियर नावालक छोरी र श्रीमती छाडेर फरार भएका छन् । झापा जिल्ल प्राविधिक कार्यालयका इन्जिनियर देवनारायण गुप्ता परिवार र आफू कार्यरत कार्यालयलाई जानकारी नै नदिई फरार भएका हुन् ।

मानवअधिकारकर्मी, संचारकर्मी र पीडित परिवारले खोजी गरेपछि सप्तरीमा फेला परेका इन्जिनियर गुप्तालाई उनको परिवार प्रमुख जिल्ला अधिकारी नरहरि बरालको रोहवरमा जिम्मा लगाइएको थियो । सातमहिना अघि झापाबाट फरार भएका गुप्तालाई उनकी श्रीमती र नावालिका १० महिनाकी छोरी बुधबार प्तिरीमा जिम्मा लगाइएपनि बिहीबारदेखि पुन फरार रहेको इन्सेक नेपाल सप्तरीले जनाएको छ । गुप्ताले झापा शान्तिनगरक ४ की विष्णु खवासलाई २ पुष २०६९ मा विवाह गरेका थिए । विवाह भए लगत्तै गर्भवती भएकी विष्णुलाई गर्भपतन गराउन दबाब दिएका दिए भने श्रीमतीले नमानेपछि उनी फरार भएको खवास परिवारले जनाएको छ ।

 

राजधानी दैनिक


  •  
  •  
  •