‘अभागी परदेशी’सार्वजनिक(भिडियोसहित)

54
  •  
  •  
  •  

काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । भिसु भण्डारीको शब्द रहेको गीतमा गायक कँडेलकै लय रहेको छ ।

गीतको भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेलले अभिनय गरेका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ ।

हेर्नुहोस्


  •  
  •  
  •