काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्।
अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गरेका हुन्।
अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिए। उनले राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले जानकारी दिए। मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो सामाजिक सञ्जालमा नेपाली टिमसँगको आफ्नो ५२५ दिनको यात्रा टुंगिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु, खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद छ।’