अवैध मुद्रासहित पक्राउ

103
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ घर भई हाल हङ्कङ बस्दै आएका ३९ वर्षीय पासाङ याल्मो तामाङ रहेका छन् ।

तामाङलाई विशेष सूचनाको आधारमा उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट अमेरिकी डलर १०० दरको थान–२८६,५० दरको थान २७ गरी २९ हजार ९५० र हङकङ डलर १०० दरको थान–३, ५० दरको थान १ र २० दरको थान १ गरी ३७० हङकङ डलर बरामद गरिएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा बुझाइएको छ ।


  •  
  •  
  •