डिभीलियर्सले बनाए विश्व क्रिकेटमा अर्को कीर्तिमान

224
  •  
  •  
  •  

ab de villiersकाठमाडौ, १५ फागुन(एजेन्सी) : विश्कपकको दक्षिण अफ्रिका र वेष्ट इण्डिजविरूद्धको खेलमा एक नयाँ कीर्तिमान कायम भएको छ । दक्षिण अफ्रिकाका कप्तान एबि डिभिलियर्सले तिव्र गतिको अर्धशतक र शतकको कीर्तिमानपछि अब अर्को तिव्र गतिको रनको कीर्तिमान कायम गरेका छन् ।

डिभीलियर्सले मात्र ६४ बलमा १ सय ५० रन जोडेका छन् । यो एकदिवसीय क्रिकेटमा सबैभन्दा तिव्र गतिको १ सय ५० रन हो ।

तिव्र गतिको १ सय ५० रन जोड्ने क्रममा डिभिलियर्सले ६६ बलमा १ सय ६२ रन जोडेका थिए । यसका लागि उनले १७ चौका र ८ छक्का प्रहार गरेका थिए ।

उनले ५२ बलमा शतक प्रहार गरेका थिए भने मात्र १२ बलमा ५० रन जोड्दै ६४ बलमा १ सय ५० रन जोड्न सफल भए । उनले १ सय ६२ रन जोड्ने क्रममा वेष्ट इण्डिजको ४८ औ र ५० औ ओभरमा क्रमशः ३४ रन र ३० रन जोडेका थिए । अर्थात् उनले मात्र १२ बलमा ६४ रन जोड्न सफल भए ।

यस्तै, डिभीलियर्स विश्वकपमा तिव्र गतिको शतक बनाउन भने चुकेका छन् । उनले ५२ बलमा शतक प्रहार गरेर दोस्रो तिव्र गतिको शतक बनाउने खेलाडी बनेका छन् । यसअघि केभिन ओब्रायनले मात्र ५० बलमा इङल्याण्ड विरूद्धको खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए । उक्त कीर्तिमान तोड्न या बराबरी गर्न डिभीलियर्स चुके पनि उनले नयाँ एकदिवसीय क्रिकेटको कीर्तिमान भने कायम गर्न सफल भए ।

यसअघि पनि डिभीलियर्सले वेष्ट इण्डिज विरुद्ध नै तिव्र गतिको शतक र अर्धशतक प्रहार गरेका थिए । उनले जनवरी १८ मा वेष्ट इण्डिजविरूद्ध भएको खेलमा १६ बलमा अर्धशतक र ३१ बलमा शतक प्रहार गर्दै एकदिवसीय क्रिकेट तिव्र गतिको शतक र अर्धशतकको कीर्तिमान कायम गरेका थिए ।

यसैबीच दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाइ जितका लागि ४ सय ९ रनको विशाल विजय लक्ष्य प्रस्तुत गरेको छ । डिभिलियर्सको १ सय ६२ रनको पारीसँगै हासिम अमलाको ६५ रन, फाफ डु प्लेसिसको ६२ रन र रिची रोसोउको ६१ रनको पारीमा दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय ८ रन जोडेको थियो । यता वेष्ट इण्डिजका क्रिस गेल र एन्ड्रु रसेलले समान २-२ विकेट लिए भने कप्तान जेसन होल्डरले १ विकेट लिए । उनले १ विकेट लिने क्रममा १० ओभर बलिङ गर्दै १ सय ४ रन दिएका थिए ।


  •  
  •  
  •