मानवअधिकार आयोगका पदाधिकारीको नाम अनुमोदन

82
  •  
  •  
  •  

काठमाडौं ३१ असोज (ओएनएस) : सरकारले मानवअधिकार आयोगमा सिफारिस गरेका पदाधिकारीको नाम संसदीय समितिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ विशेष समितिले मानव अधिकार आयोगका अध्यक्ष र चार सदस्यको नाम शुक्रबार अनुमोदन गरेको हो । संसदीय सनुवाई समितिमा देखिएको विवाद पछि शुक्रबार नाम अनुमोदन गरेको हो ।
आयोगका पदाधिकारीको नाम अनुमोदनपछि एक वर्षदिख रिक्त रहेको आयोगमा अध्यक्षसहित सदस्यहरूको नियुक्ति हुने भएको छ। अब राष्ट्रपति डा रामबरण यादवले उनीहरूलाई नियुक्ति दिन्छन्। आयोगको अध्यक्षमा अनुपराज शर्मा र सदस्यहरूमा प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेलको नाम अनुमोदन गरेको छ।


  •  
  •  
  •