सत्य निरुपण र वेपत्ता आयोगले आजदेखि काम थाल्ने

153
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) :  सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग आजदेखि स्थापना गरिन भएको छ । आयोगका अध्यक्षसहितका पदाधिकारीले सपथ लिएपनि आयोगले औपचारीक रुपमा काम सुरु गर्नेछ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठनका लागि गठित छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई दुई वर्षका लागि नियुक्त गरेको हो ।

। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति सम्बन्धी छानबिन आयोगका अध्यक्षसहितका पदाधिकारीको सपथ आज हुन लागेको हो । सर्वोच्च अदालतमा दिउँसो हुने सपथ ग्रहणपछि पदाधिकारीहरुले औपचारिकरुपमा आफ्नो काम शुरु गर्नेछन् ।
सरकारले सत्य निरुपण आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बताए ।

त्यस्तै, बैठकले बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ को दफा ३ बमोजिम मानवाधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिबारे सत्य अन्वेषण र छानबिन गरी यथार्थ विवरण जनसमक्ष ल्याउन आयोग गठन गर्ने कानुनी प्रावधानअनुसार सो नियुक्ति दिइएको हो ।

ऐनअनुसार आयोगले पीडक र पीडितबीच मेलमिलाप गराउन, पीडितलाई परिपूरणको व्यवस्था गर्न र त्यस्तो घटनासँग संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ ।


  •  
  •  
  •