आसाराम मुद्दामा सुप्रीम कोर्टद्वारा गुजरात सरकारलाई प्रश्न- मुद्दामा किन गम्भीर नभएको ?

188
  •  
  •  
  •  

aasharam bapu
नयाँदिल्ली, १२ भदौ (एजेन्सी) : भारतमा आसाराम बापूमाथि चलिरहेको बलात्कार मुद्दामा भारतीय सुप्रीम कोर्ट (सर्बोच्च अदालत)ले गुजरात सरकारको मुद्दाप्रतिकाे लापरबाहीबारे प्रश्न गरेको छ ।

साथै कोर्टले आसारामको जमानत याचिका पनि खारेज गरिदिएको छ । अदालतले यो मुद्दामा अहिलेसम्म गरिएको अनुसन्धानलाई लिइएर जवाफ माग गरेको छ । अदालतले सरकारलाई यो मुद्दामा किन गम्भीर नभएको भनेर प्रश्न समेत उठाएको छ ।

त्यस्तै, अदातले अहिलेसम्म पीडितको अनुसन्धान किन नगरको भनेर पनि सोधेको छ । आसाराम बापू र उनका छोरामाथि दुई युवतीमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ ।


  •  
  •  
  •