आसाममा हिंसा, नेपालमा चिन्ता

139
  •  
  •  
  •  

आसाममा हिंसा, नेपालमा चिन्ता
काठमाडौं ११ पुस ।

भारतको पूर्वोत्तरराज्य आसाममा केही दिनयता भड्किएको हिंसाले नेपालीभाषी समुदाय पनि प्रभावितहुन थालेपछि नेपालमा रहेका तिनका आफन्तजन चिन्तित छन्। आसाममा रहेकाआाफन्तजनको रातरातभर भागाभाग चल्ने र केहीलाई आक्रमणसमेत भएको भन्दैपूर्वी नेपालमा रहेका आफन्तजन चिन्तित बनेका हुन्।

‘मेरो ससुराली र अरु आफन्त पनि आसाममै छन्’, झापा चारआलीका केशवदाहालले भने ‘अचेल हरेक रात घर छाडेर भागेको, घर नजिकै आगो लगाइदिने गरेकोखबर आइरहेको छ।’ दाहालका अनुसार चिराङ जिल्लाको शान्तिपुर भन्ने ठाउँमारहेका सयौं नेपालीभाषीको केही दिनयता घरमा बास हुन छाडेको छ। ‘घरैमा आगोझोसेर मार्छन् भन्ने त्रास व्यापक छ अरे’, बिहान मात्रै आफन्तसँग फोनमाकुराकानी गरेका दाहालले भने ‘त्यहाँ अहिले बसिनसक्नु तनाव छ।’
उनका आफन्तले दिएको जानकारी अनुसार बुधबार बिहान मात्रै एउटा यात्रुबसमा रहेका तीन जना नेपालीभाषी माथि गोली प्रहार भएको छ। तर, तिनको नाम रवतन खुल्न सकेको छैन। ‘हाम्रो त आधा परिवार नै त्यो तनाव क्षेत्रमा छ’, झापा धुलाबारीका रमेश कोइरालाले भने ‘त्यहाँ रातभर घर जलाउने, आक्रमण गर्नेखेल चलेको छ। यता चाहिँ रात नै खनिँदो बितिरहेको छ।’
आसामको पृथकतावादी बोडो संगठन नेशनल डेमोक्रेटिकफ्रन्ट अफ बोडोलेण्ड (एनडीएफबी) र स्थानीय आदिबासी सन्थाल समुदायबीचकोहिंसामा नेपालीभाषी पनि चेपुवामा परेका हुन् ।भारतीय सञ्चारमाध्यमहरुकाअनुसार हालसम्म हिंसामा ७८ जना मारिएका छन्। आसामको सोनितपुर रकोकराझारमा फैलिएको हिंसाको प्रभाव अन्यत्र पनि विस्तार भएकोसञ्चारमाध्यमले जनाएका छन्। अरुणाञ्चल र भूटान स्मिा क्षेत्रमा बढी सक्रियबोडो संगठनले सरकारी सुरक्षा फौजले गरेको बारवाहीको बदलामा गाउँहरुमाआक्र,मण गरेको अनुमान ती सञ्चारमाध्यमको छ। नागरिकबाट

  •  
  •  
  •