दिल्लीमा आम आद्मीको बहुमत पक्का, केजरीवाल विजयी, वेदी पराजित

154
  •  
  •  
  •  

२७ माघ (एजेन्सी) : भारतको नयाँ दिल्ली विधानसभाको चुनावमा आम आद्मी पार्टी (आप) ले दुई तिहाई बहुमत ल्याउने पक्का भएको छ ।

गत शनिबार भएको चुनावको मतपरिणाम आउने क्रम जारी रहदा आपले ७० सिट मध्ये ५० सिट जितेको छ भने १७ स्थानमा अग्रता लिइरहेको छ ।

भारतीय जनता पार्टी (भाजपा) ले ३ मात्र जितेको छ । काँग्रेसले कुनै पनि सिटमा अग्रता लिन पनि सकेको छैन ।

यता भजपाको तर्फबाट मुख्य मन्त्रीकी उमेदवार किरण वेदी पराजित भएकी छिन् । कृष्णनगरबाट उठेकी वेदीलाई आपका एसके वग्गाले २४७६ भोटले हारेकी हुन् । यता आपका अध्यक्ष तथा मुख्य मन्त्रीका उमेदवार अरविन्द केजरीवाल २६ हजार मत ल्याएर विजयी भएका छन् ।

आम आद्मीले मुख्य मन्त्रीको रुपमा केजरीवाललाई अघि सारेको थियो भने भाजपाले पूर्व महिला प्रहरी अधिकृत वेदीलाई अघि सारेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपालाई जिताउन ठुलो बल खर्चेपनि हार व्यहोर्ने देखिएपछि मोदीको लोकप्रियता घटेको देखिइएको छ ।

अन्ना हजारेको आन्दोलनबाट भाजपामा प्रवेश गरेकी वेदीलाई सिधै मुख्य मन्त्रीको उमेदवार बनाउदा भाजपाको लोकप्रियता घटेको देखिएको छ । साथै, केजरीवालबिरुद्ध आक्षेपपूर्ण प्रचार शैलीले पनि भाजपालाई झड्का लाग्न सक्के देखिएको हो ।

अघिल्लो चुनावमा कुनै पनि पार्टीले स्पष्ट बहुमत नल्याएपछि आम आद्मी काँग्रेससँग मिलेर सरकार बनाएको थियो । यद्यपी भाजपाले बढि सिट जितेको थियो । दिल्लीमा विपक्षीले काम गर्न नदिएको भन्दै मुख्य मन्त्री केजरीवालले ४९ दिनमा राजनीमा दिएपछि फेरि चुनाव भएको हो ।


  •  
  •  
  •