दशौं लाख मानिस राष्ट्रपति विरुद्ध सडकमा

123
  •  
  •  
  •  

काठमाडौं २ चैत (ओएनएस) :  ब्राजिलमा दशौं लाख मानिस राष्ट्रपति डिल्मा रुसैफकाविरुद्ध सडकमा उत्रिएका छन् । ब्रजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन माग गर्दै ब्रजिलका २२ वटा राज्य र संघीय राजधानीमा १० लाखभन्दा बढी मानिसहरुले प्रदर्शन गरेका छन्।

एक तेल कम्पनीको मामलामा भ्रष्टाचारमा संलग्न रहेको भन्दै राष्ट्रपतिविरुद्ध उनीहरु प्रदर्शनमा उत्रेका हुन् । रुसैफलाई महाभियोग लगाउन प्रदर्शनकारीले माग गरेका छन् ।

राज्य नियन्त्रित पेट्रोल कम्पनी पेट्रोबास घोटालाकाण्डमा राष्ट्रपति कुनै न कुनै रुपमा संलग्न रहेका आरोप विपक्षीहरुले लगाएका हुन् ।

रुसैफ उक्त कम्पनीको प्रमुख भएका बेलामा धेरैजसो घोटाला भएको आरोप विपक्षी दलको छ ।

राष्ट्रपति रुसैफले भने उक्त काण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै यसबारे न्यायिक निकायबाट छानबिन गर्न तयार रहेको बताएकी छिन् । सरकारले भने तेल कम्पनीमा भएको अनियमितता छानबिन गर्ने र दण्डहीनता अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रदर्शनकारीले राजधानी ब्रासिलियाका अतिरिक्त देशका बाइसै राज्यमा एकसाथ प्रदर्शन गरेका थिए ।


  •  
  •  
  •