हिन्दुराज्य नभए संघर्ष गर्ने चेतावनी

105
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस):  राजसंस्थावादी र हिन्दूअधिराज्यवादी वृहत्त संघर्ष समितिले आगामी बन्ने संविधानमा राजा सहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए छठ पर्वपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अब बन्ने नयाँ संविधानमा राजा सहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए आम जनताहरुको धर्म, संस्कृतिलाई कदर गर्दै छठ पर्वको लगत्तै आफूहरु शसक्त संघर्षमा उत्रने बताएको हो ।

संघर्ष समितिका मूख्य संयोजक किशोरी महत्वोले हालै सरकारद्धारा आयोजित राष्ट्रिय राजनीतिक सम्मेलन स्थगित भएर ठूला दलहरुको पर्दाफास भएको भन्दै दलीय सहमतीको नाममा जनतालाई झूक्याउने काम अब आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन् । उनले भने–राजासंग गरिएको सम्झौता शर्त अनुसार पालना गरि सवै मिलि नेपालको संविधान नेपालीले नै बनाउनुपर्छ । राजासँग भएको सम्झौता आवश्य प¥यो भने हामी सार्वजनिक गर्न पनि तयार छौं ।

महत्वोले राजा र हिन्दू अधिराज्इ लाई पाखा लगाउने गरि राष्ट्रिय राजनीति अगाडी बढे आफूहरु त्यसको घोर विरोधमा उत्रने पनि चेतावनी दिएका छन् । उनले विगतमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र राजावीच भएको सहमती तत्काल कार्यन्वयन हुनुपर्ने पनि जोडदार माँग राखेका छन् ।

त्यस्तै संघर्ष समितिकी प्रवतक्ता अस्मिता भण्डारीले नेपालमा हिन्दू अधिराज्य स्थापित गर्न आफूहरु निरन्तर संघर्षमा रहेको जानकारी दिँदै अब बन्ने संविधानमा राजालाई सम्बोधन नगरिए आफूहरु कडा भन्दा कडा संघर्षमा उत्रने समेत चेतावनी दिएकिछिन् । भण्डारीले यो वा त्यो बहानामा आफूहरुलाई सँख्यात्मक हिसावले सानो शक्तिका रुपमा नहेर्न समेत आग्रह गरेकीछिन् ।

संघर्ष समितिले बहिष्कारवादी ३३ दलीय मोर्चाको नाईके नेकपा माओवादीको दोधारे नीतिका कारण नेपालमा धर्म संघर्ष हुन सक्ने बताएको छ । त्यस्तै मोर्चाले मधेशवादी दलहरु एक जुट नभई व्यक्तिगत स्वार्थमा फसेर संघियताको नाममा एकिकृत माओवादीको पुच्छर बनेर जातीय द्धन्द्धमा फस्न खोजेको आरोप समेत लगाएको छ ।


  •  
  •  
  •