आमिरले २१ हजार युवतीबाट पनि खोज्न सकेनन् ४ वटी छोरी

158
  •  
  •  
  •  

aamir-khan-in-dangal1बलिउड सुपरस्टार आमिर खान आजकल आफ्नो आगामी चलचित्र ‘दंगल’को तयारीमा जुटेका छन् । उनी चलचित्रमा एक पहलवानको भूमिका निभाउँदै छन् । चलचित्रमा उनी ४ छोरीका बाबु हुन् ।

समाचारमा जनाइए अनुसार आमिर आफ्नो छोरी बनाउनका लागि २१ हजार युवतीको अडिसन लिइसकेका छन् । आमिरले खोजेका युवतीमा कुनै पनि युवती चलचित्र क्षेत्रसँग सम्बन्धित रहेका छैनन् । उनले यस्ता साधारण युवती खोजेका छन्, जो पहिले चलचित्र या पर्दामा नदेखिएका हुन् ।

चलचित्रको टोलीले देशको विभिन्न शहरमा पुगेर युवतीहरूको अडिसन लिइएको थियो । यो अडिसन हरियाणा, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेशको साथ-साथै र अन्य शहरमा भएको थियो । चलचित्रको अभिनयको लागी निकै गम्भीरताका साथ काम भइरहेको छ । तर, अहिलेसम्म अभिनयका लागि अभिनय गर्नेको केही सुनिश्चित भएको छैन् ।


  •  
  •  
  •