चलचित्र ‘पिके’माथी चोरीको आरोप, मागियो १ करोड

187
  •  
  •  
  •  

pk-aamir-khanकाठमाडौ, माघ / अमिर खानको ब्लकबष्टर चलचित्र ‘पिके’ चलचित्रमाथी कन्टेन्ट चोरी गरेको आरोप लागेको छ । चलचित्रका निर्माता, निर्देशक तथा पटकथा लेखकमाथि एक उपन्यासकारले उजुरी गर्दा गर्दै चलचित्रका निर्माता-निर्देशकले सन् २०१३ मा प्रकाशित उनको पुस्तक ‘फरिश्ता’को केही अंशको प्रयोग गरेको आरोप लगाएका छन् ।

कपील इसापुरी नामका ती उपन्यासकारले चलचित्र निर्माताहरूसँग नोक्सानको भरपाईमा एक करोड भारतीय रूपैयाँ मागेका छन् साथै उनले न्यायालयसँग आफ्नो रचनाको श्रेयका लागि निर्देशन दिन समेत अनुरोध गरेका छन् ।

उनले चलचित्रमा उनको कन्टेन्ट प्रयोग गरिएको दावी गरेका छन् । लेखकले चलचित्रमा उठाइएको केही मुद्धामा उनको पुस्तकसँग नक्कल गरिएको दावी गरेका छन् ।

उपन्यासकार इसापुरीले अमिरको लचित्र पिकेको निर्माता बधु बिनोद चोपडा र चलचित्रको निर्देशक राजकुमार हिरानीसहित चलचित्र निर्माण कम्पनीहरू र पटकथा लेखक अभिजात जोशीमाथी उनको उपन्यासका पात्र, विचार र अभिव्यक्ति, दृश्य आदी चोरिएको आरोप लगाएका छन् ।

इसापुरीले आफ्नो उजुरीमा भनेका छन्, ‘म माफी चाहन्छु की पिके चलचित्र १९ डिसेम्बरमा रिलिज भएपनि मैले ढिलो गरी हेरे । मैले एक जनवरीमा उक्त चलचित्र हेरे र म पूर्ण रूपम दंग भए जब मैले चलचित्रमा केही दृश्यहरू मेरे उपान्यास ‘फरिश्ता’सँग प्रेरित थिए ।’


  •  
  •  
  •