नायक अमिर यसरी किन नाङ्गिए?

144
  •  
  •  
  •  

राजकुमार हिरानीद्धारा निर्देशित चलचित्र पीकेको पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अमिर खान पुर्ण रूपमा नग्न देखिएका छन् । उनले आफ्नो शरिरको गोप्य अंगलाई एक रेडियोले ढाकेका छन् । भारतीयसञ्चारमाध्यममा अमिर चलचित्र पीकेमा यसरी किन नाङ्गिए भन्ने प्रश्नले निकै बजार तताएको छ ।

aamir-khan-pk-first-lookयो चलचित्रको विषयमा सञ्चारमाध्यममा यस्ता समाचारहरू पनि आएका छन् की अमिर उक्त चलचित्रमा डबल रोलमा छन् । उनी एक रोलमा अर्कै ग्रहबाट आएको एक एलियनको भूमिका निभाएका छन् । यस भूमिकामा उनलाई यति पनि ज्ञान छैन्, उनी लुगा लगाउन् । उनले आफ्नो शरिरको गोप्य अंग एउटा रेडियोले छोपेका छन् ।

यो पोष्टरमा अमिरको अनुहारको भाव पनि अचम्मको देखिएको छ । अनुहारमा एक किसिमको विक्षिप्त र आत्तिएको जस्तो देखिएको छ । यो अनुहारले चलचित्रको उक्त रूपलाई परिभाषित गरिरहेको छ, जहाँ अमिर एक एलियनको रूपमा देखिएका छन् । यो चलचित्र १९ डिसेम्बर रिलिज हुनेछ ।

पहिलो पोष्टरमा अमिरलाई रेलको लिगमा उभिएको देखिएको छ । लिगको माध्यमले सायद अमिर अर्कै ग्रहबाट आएका हुन् की भन्ने झल्काएको बताइन्छ । तर यो एक रहस्य हो र यसको संकेतका लागि रेलको लिग देखाइएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले अड्कल काटेका छन् । यस चलचित्रमा संजय दत्त र अनुष्का शर्माको पनि विषेश भूमिका रहेको बताइएको छ ।


  •  
  •  
  •