आमिर आउँदा पारसलाई उपेक्षा

88
  •  
  •  
  •  

काठमाडौं २४ असोज । बलिउड सुपरस्टार आमिर खानलाई न्यानो आतिथ्य दिने क्रममा युनिसेफले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई भने हेपाहा व्यवहार गरेको छ।बुधबार आयोजित कार्यक्रममा पारसलाई घन्टौंसम्म फाल्तुजस्तै बनाएर राखियो।युनिसेफले अमिरलाई दक्षिण एसियाका सद्भावना दूत घोषणा गर्न आयोजित कार्यक्रममा पारसलाई नेपालका सद्भावना दूतको हैसियतमा निम्तो गरिएको थियो ।

अमिर र पारसले संयुक्त रुपमा युनिसेफको सुनौला १००० दिनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर अमिरलाई मञ्चमा र पारसलाई दर्शकदीर्घामा राखियो । सुनौला १००० दिन उद्घाटन गर्ने क्रममा मात्रै पारस मञ्च उक्लिन पाए ।

उद्घाटनपछि उद्घोषकले उनलाई थोरै मात्र बोल्न भनिन् । पारस एक मिनेट मात्र बोलेर फेरि दर्शकदीर्घामै ओर्ले । त्यसपछि आमिरले आमाको दुधको विषयमा करिव आधा घन्टा प्रबचन दिएको थियो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •