काठमाडौ/ माघ(एजेन्सी) : आफ्नो हरेक चलचित्रमा आफ्नो लुकलाई प्रयोग गर्नका लागि चर्चित बलिउड नायक अमिर खान आफ्नो नयाँ चलचित्रमा पनि नयाँ लुकमा देखिने लगभग पक्का भइसकेको छ । आफ्नो आगामी चलचित्र ‘दंगल’का लागि अमिर खानले आफूलाइ नयाँ लुकमा प्रस्तुत गर्ने भएका छन् ।
मिष्टर पर्फेक्शनिष्टको नामले चिनिने चर्चित अमिर खान आफ्नो नयाँ चलचित्र ‘दंगल’का लागि ग्यामरस लुकको सट्टा एक टफ-टप लुकमा देखिने भएका छन् । यो चलचित्रमा अमिर खानले एक पहलबवानको भूमिका गर्ने बताइएको छ ।
अमिर खानले आफ्नो आगामी चलचित्र दंगलका लागि आफ्नो लुकमात्र नभई आफ्नो शरिरलाई फरक सेपमा ढाल्नेछन् । अहिले अमिर आफ्नो नयाँ लुकमा कालो र सेतो कपाल र खिचडी दाह्रीमा देखिने छन् । नीतेश तिवारीको निर्देशनमा बनिरहेको चलचित्रको शुटिङ चाँडै हुने बताइएको छ ।
मंगल पाण्डे, गजनी, तलाश र दिल चाहता है जस्ता केही यस्ता चलचित्र छन् जसमा अमिर खानको फरक लुक देखिएको थियो । त्यसबेला पनि उनको लुकले निकै चर्चा कमाएको थियो ।