अमिर खानसँग स्वयमसेविकाले मागे साइकल र झुल

80
  •  
  •  
  •  

काठमाडौं २३ असोज
कपिलवस्तुको पकडी– ३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार अमिर खानले बुधबार सोधे, ‘काम गर्न कत्तिको गह्रो छ?’ सधै पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी । एकैछिनमा सम्हालिएर उत्तर दिईन्,‘एउटा साइकल भइदिए अझ गतिलो गरी काम गर्न सक्ने थिएँ ।’उनले आमिरसित गाउँका महिलालाई घरघरमा पुगेर सघाउन पाउँदाको खुसी साट्दै साइकल माग गरेकी हुन् । १७ वर्षदेखि गाविसमा स्वयंसेविकाका रुपमा काम गरेको सुनाउँदै उनले माग पूरा गरिदिन आग्रहै गरिन् । उनीजस्तै १८ वर्षदेखि स्वयमसेविका रहेकी अजोरमति रैदासलाई अमिरले अव के भयो भने राम्रो हुन्छ’भनी सोधे । उनले सबै महिलालाई झुल दिन सकियो भने राहत पुग्ने बताईन ।लामखुट्टेबाट रोगव्याधि फैलने हुँदा पहिले आफ्नो सुरक्षाका लागि झुल मागेको उनको भनाइ थियो । कान्तिपुरबाट


  •  
  •  
  •