आमसञ्चार नीतिको आधारमा चाँडै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा

295
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताएका छन। उनले सरकार यसको लागि गहन रुपले अगाडी बढीरहेको बताए।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रिया कर्यक्रममा राज्यमन्त्री बाँस्कोटाले कानून छिट्टै बनेर कार्यान्वयन भए सँगै सञ्चार क्षेत्रमा देखिएका
समस्यासमेत समाधान हुने विश्वास व्यक्त गरेका छन ।

सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलन र विपद्का समयमा पु¥याएको योगदानको कदर गरे ।

मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दूुुरदराजका जनतालाई सुसूचित गराएको भन्दै सामुदायिक रेडियोको विकासका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

अकोराब नेपालका अध्यक्ष सुवास खतिवडाले सरकारले जतिसक्दो चाँडो रेडियोको नवीकरण पत्र दिनुपर्ने माग गरेका छन। देशभर सञ्चालनमा रहेका ३१५ सामुदायिक रेडियोको छाता संगठनका रुपमा अकोराब नेपालले भूमिका निर्वाह गर्दै आएको छ


  •  
  •  
  •