थुनामा रहेका ढुंगेलको आज आम माफीबारे सुनुवार्इ हुँदै

1055
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ (ओएनएस) : थुनामा रहेका वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयबारे अाज सर्वाेच्च अदालतमा सुनवार्इ हुँदै छ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नहुने माग दाबी सहितको रिट निवेदन अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका थिए ।यो रिटमा प्रारम्भिक सुनुवाई गत शुक्रबार भएको थियो । सो सुनुवाइपछि सर्वोच्च अदालते सरकारलाई जेठ १३ गते बोलाएको हाे ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढु‌ंगेललाई आममाफी दिने तयारी विरुद्ध अधिवक्ता त्रिपाठीले रिट निवेदन दायर गरेका थिए।

गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । जसमा बालकृष्ण ढु‌ंगेलको समेत नाम रहेको कारागार व्यवस्थापन विभागका एक प्रहरी अधिकृतले नाम खुलाउने सर्तमा बताए।


  •  
  •  
  •