सुसाईड नोटमा यस्तो लेखेर विदा भए आलोक

484
  •  
  •  
  •  

अनुप भट्टराई 

उद्योगका होनाहार  ब्यक्ति गुमाउनु पर्दाको पिडा कसलाई हुँदैनर त्यस माथि सवैका प्रिय ब्यक्ति गुमाउनुको पिडा शब्दमा पनि लेख्न सकिदैन । हो एउटा त्यस्ता होनाहार ब्यक्तिलाई नेपाली फिल्म उद्योगले गुमाउनु परेको छ आज ।

७ सय बढी म्यूजिक भिडियो एवं तीन वटा फिल्म निर्देशन गरिसकेका निर्देशक नेम्वाङ्गले सवैलाई छाडेर जाँदा फिल्मकर्मीहरु निकै  दुखित बनेका छन् । अन्तिम अनुहार हेर्ने आशा बोकेर नेम्वाङ्ग निवास पुगेकी अभिनेत्री संचिता लुइँटेल, नम्रता श्रेष्ठ सहित रिमा विश्वकर्मा, झरना थापा, प्रियंका कार्की पूजा शर्मा, केकी अधिकारी, नीता ढुंगाना सुर्दशन थापा, सुरज सिंह ठकुरी, दिनेश डिसी, भूषण दाहाल लगायतका सेलिब्रेटीले आँसुका धारा थाम्न सकेनन् ।

पाईलट एवं अभिनेता बिजय लामाको आफ्नै सालो रहेका आलोकले आत्महत्या गर्नुको रहष्य पूर्ण रुपमा खुलिसकेको छैन् तर प्रहरी सुत्रबाट बुझ्दा उनले ‘ दिनहुँ मरेर बाच्नु भन्दा एकै  दिन मरे आनन्द ‘  भन्ने भाषा सहितको सुसाईड नोट छाडेर गएका छन् ।

आलोककोे सुसाइड नोटको बाँकी अंश भने बुझ्न सकिएको छ । बेलुकी ८ बजेको छेकोमा उनले बाथरुम छेउको रेलिङमा पासो लगाएका थिए । उनी निकष्टथ मोडल तथा  कलाकारहरुका अनुसार केही दिन देखि आलोक ज्यादा तनावमा थिए । जुन तनावलाई भूल्न उनले बारम्बार सुसाईड गर्ने उद्घोष गर्दै आएका थिए । घर भित्रकै तीन स्थान लिभिङ रुम, बाथरुम र रेलिङ मध्ये एक स्थानमा आफूले सुसाईड गर्ने उद्घोष गर्दै आएको बताईएको छ ।

जहाँ आलोकले सुसाईड गरे । यो घरमा उनी  केही महिनमा अघि मात्र सरेका थिए ।

‘उहाँको बढ्दै गईरहेको तनावले हामीलाई पनि तनाव दिईरहेको थियो त्यसैले केही दिन देखि उहाँको केयरमा हामी थियो तर आज बिहान १२ पछिको खाना खाएर निस्किएपछि साँझ त्यस्तो भयो । ‘  मोडल निराजन प्रधानको भनाई छ ।

निराजन सहित अर्की मोडल एलिजा बस्नेतसंग आलोकले साँझ साढें पाँच बजे सम्म फोनमा कुरा गरेका थिए । ‘साँढे पाँच सम्म कुरा भएको थियो त्यसको केही बेर पछि पुनः फोन गर्दा उहाँले फोन उठाउनु भएन अनि यहाँ आईपुग्दा यस्तो देख्नु पर्यो मोडल बस्नेतको भनाई छ । ‘ बढ्दै गएको डिप्रेशनले आलोकले राम्रो संग खाना पनि नखाएको मोडल प्रधानको भनाई छ ।

४१ बर्षका अविवाहित आलोक केही बर्षदेखि एक्लै बस्दै आएका थिए । चार महिना अघि सम्म नक्साल स्थित एक अपार्टमेन्टमा बस्दै आएका नेम्वाङ गंगबुमा रहेको ग्रयाण्ड डी भिल्ला हाउजिङमा पुनः एक्ले बस्दै आएका थिए ।  उनका साथी वा परिवार भनेकै तीन वटा स्त्री कुकुर र २ विरालो थिए । उनले विरालो र कुकुरलाई नाम काडेर कहिलै बोलाउदैनन थिए । कुकुर र विरालोलाई कसैले गाली गरे उनी ती मानिसहरुसंग पनि बोल्दैनन् थिए ।

झण्डै एक दशक अघि पहिलो फिल्म सानो संसार निर्देशन गर्ने बेला सुटिङ सेटमा  हिरोइन नम्रता श्रेष्ठ संगै  आलोक । सानो संसार फिल्मबाट नै आलोकले नम्रतालाई रजतपट भित्राएका हुन । नम्रता सहित दर्जन मोडलहरुलाई उनले उद्योगमा भित्राएका छन् ।

महिला स्वभाव भएका आलोकको जेण्डर पूर्ण रुपमा खुल्न नसकेपनि उनको चाहना र आकर्षण महिल को  जस्तो थियो । जुन स्वभावका कारण पनि उनको विवाह हुन नसकेको अनुमान फिल्म नगरीमा बर्षौ देखि चल्दै आएको छ ।

१७ बर्षअघि नविन के भट्टराईको गीत लाखौ कोसिस गर्दा मैले भन्ने गीतलाई म्यूजिक भिडियो निर्देशन गरी निर्देशनको करिअर सुरु गरेका आलोक सो समय मोडल एवं भिजेका रुपमा पनि चिनिन्थे । उनले नुमाफुङ्ग भन्ने फिल्ममा पनि मुख्य अभिनेताको भूमिकामा निर्वाह गरेका थिए जुन फिल्ममा पनि उनको निधन अल्प आयुमै भएको देखाईएको छ ।

नुमाफुङ्ग फिल्मको एक दृश्यमा आलोक

आलोकको अन्तिम चाहना : ‘म मरिहाले  मेरो सन्तानहरुलाई मसंगै सुताईदिनु ‘

नजिकका मोडल कलाकारहरुसंग बारम्बर सुसाईड गर्ने उद्घोष गर्दै आएका आलोकले आफ्ना सन्तान तीन कुकुर र विरालोलाई आफूसंगै गाडी दिनु भन्ने ईच्छा ब्यक्त गरेको मोडल निराजन प्रधान एवं पुष्प खड्काको भनाई छ ।

उहाँले भन्नु हुन्थ्यो यदि म मरिहाले मेरो कुकुरहरुलाई मसंगै सुताईदिन भन्न है ।’  उनीहरुको भनाई छ । तर दाईले त्यसो भन्दा हामीले उहाँलाई जे पायो त्यहि नबोल्न आग्रह गरेका थियो ।

केही समय अघि आफ्नो सन्तान कुकुरलाई नुहाईदिदै आलोक र दायाँ तर्फ कुकुरलाई त्यसरी ओछ्यानमा माया  गरेर  राख्थे उनी ।

जनवार प्रेमी आलोकले कुनै ईन्जेगशनको साहरामा आफ्ना जनावर सन्तानलाई आफूसंगै गाड्न अनुरोध गर्नुले पनि के खुल्दछ भने उनी कुनै सानो पिडामा थिएनन ।

काम र पैसाको अभाव कहिले नभएका आलोकलाई आखिर के को अभाव थियो त ? पक्कै पनि कसैको साथ वा कसैको मायाको । तर रहष्य अझै खुलिसकेको छैन् । उनको मृत शरिरलाई पोष्टमार्टमका लागि मध्य रातको १२ बजे महाराजगञ्ज स्थित टिचिङ हस्पिटल पुर्याईएको छ ।  हस्पिटलमा उनको शरिरलाई हेर्न आर्यन सिग्देल तथा मलिना जोशी लगायतका सेलिब्रेटी  पुगेका थिए ।

भिनाजू बिजय लामाले यो शोको घडीमा मिडियालाई संयमित भएर समाचार सम्प्रेशण गर्न आग्रह गरेका छन् । शुक्रवार बिहानै साढें ८ बजे देखि पोष्टमार्टम सुरु हुने हुँदा आलोकको शरिरलाई फ्रिजमा राखिएको छैन ।

पोष्टमार्टम रिपोर्ट आउनासाथ उनको दाहँसस्कार गर्ने  परिवारले जनाएको छ । आलोकको ७० बर्षीय आमा पनि छिन् जो बिजय लामाका साथ बस्दै आएकी छिन् ।

alok

alok nembang

alok Nembang

Keki Adhikari

al5

सभार /newsfilmy.com/


  •  
  •  
  •  

Comments are closed.