काठमाडौंमा देखिएको वायु प्रदुषणले यस्ता समस्या देखिन सक्छ ?

70
  •  
  •  
  •  

डा. रवीन्द्र पाण्डे

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको तह उच्च रहेको भन्दै सावधानी अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन् । केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेको हो ।

जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डे अहिले देखिएको वायु प्रदुषणले मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले देखिएका प्रदुषणले मुटु र फोक्सोलाई बिरामी बनाउन सक्छ । मुटु र फोक्सोलाई धपेडी गराउँछ ।’

हेर्नुहोस्

प्रदुषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैँ दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन । प्रदुषण खतरनाक मन्द बिष हो | हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।

अहिलेको प्रदुषण हटाउनको लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।

– जोर / बिजोर सवारीसाधन संचालन

– वर्क फ्रम होम

– हप्तामा २ दिन बिदा

– महिनाको एकपटक ‘ भेहिकल होली डे ‘ को ब्यबस्था

– अनलाइन प्रणालीको भरपुर उपयोग

– पोलिथिन प्रयोगमा निषेध

– फोहोरलगायत अन्य बस्तु जलाउन निषेध

– आगालागी गर्नेलाई कडा कारबाही

– ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना

– इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण

– अभियानको रुपमा सरसफाई र वृक्षारोपण

यो खालको प्रदुषणले

– मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।

– मुटु र फोक्सोलाई धपेडी गराउँछ ।

– स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।

– दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ ।

– मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।

– फोक्सोको क्यान्सर हुन्छ ।

– फोक्सो ड्यामेज गराउँछ ।

– मानसिक समस्या निम्त्याउँछ ।

– गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।

– आयु घटाउँछ । आदि ।।

सकभर घरभित्र बसौं । बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौँ !

 

 


  •  
  •  
  •