आर्मीलाई हराउँदै मनाङ अन्तिम चारमा

149
  •  
  •  
  •  

पोखरा, २८ माघ (ओएनएस) : मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्वि नेपाल आर्मी क्लबलाई २–१ ले पराजित गर्दै मनाङले सेमिफाइनलमा सुदुरपश्चिमसँगको भेट पक्का गरेको हो ।

राजीव गुरुङले आठौं मिनेट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको मनाङको लागि खेलको ५५ औं मिनेटमा अनिल गुरुङले बराबरी गोल फर्काए । दिपक राईले दिएको पासलाई अनिलले उत्कृष्ट फिनिसिङ गरेका थिए ।

खेल सकिन ६ मिनेट बाँकी छदा अनिलले ब्यक्तितग तथा टिमको लागि दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि कुनै गोल हुन नसक्दा मनाङले अन्तिम चारको यात्रा तय गर्याे । यसअघि थ्रीस्टार र नेपाल पुलिस क्लबले सेमिफाइनलसँगको भेट पक्का गरेका थिए ।


  •  
  •  
  •