आहा रारा गोल्डकपमा थ्रीस्टार र मनाङको उपाधि भिडन्त

141
  •  
  •  
  •  

काठमाडौं, २ फागुन (ओएनएस) : पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

मनाङ सुदूरपश्चिमलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने थ्रीस्टारले पुलिस क्लवलाई १-० ले पाखा लगाएको थियो । विजेताले ३ लाख ५१ हजार रुपैंयाँ तथा उपविजेताले २ लाख १ हजार रुपैंयाँ नगद पुरस्कार पाउने आयोजक सहारा फुटबल क्लबले जनाएको छ ।


  •  
  •  
  •