आयोजक सहारा पहिलो चरणबाटै बाहिरियो

289
  •  
  •  
  •  

पोखरा, २० (ओएनएस)  : सिमराको नव जनजार्गती क्लबसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आयोजक सहारा क्लब आहा–रारा गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ ।

मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहारा सिमराको नव जनजागृति क्लबले सहारालाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित ग-यो ।

निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटाआउटमा पुगेको थियो । त्यसअघि आयोजक सहाराले उत्कृष्ट पुनरागमन गर्दै ३–० ले पछि परेको स्थिति उल्टाएको थियो ।

जनजागृतीले चौथो मिनेटमा रवी पासवानको गोलबाट लिदा कुमार गुरुङले १० औं र २५ औं मिनेटमा गरि दुई गोल गर्दै ३–० को अग्रता दिलाए ।

तर, ३० औं मिनेटमा अनिल ओझा साहाराको लागि पहिलो गोल फर्काउदा ५३ औं मिनेटमा अनिल गुरुङले दोस्रो गोल गरे । खेलसकिन पाँच मिनेट बाँकी छदा ८५ औंसुवास गुरुङले बराबरी गोल गर्दै साहारालाई खेलमा फर्काएका थिए ।


  •  
  •  
  •