थ्रीस्टार आहा गोल्डकपको सेमिफाइनलमा

204
  •  
  •  
  •  

पोखरा, २७ माघ (ओएनएस) : थ्रीस्टार क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले झापा–११ लाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

विजय गुरुङले २८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । यस्तै कप्तान सन्तोष साहुखलले पेनाल्टीमार्फत गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा थ्रीस्टारले २–० को जित पक्का गर्याे ।

अब थ्रीस्टारले फाइनल प्रवेशको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत बुधबार नेपाल आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


  •  
  •  
  •