पोखरामा मनाङको सनसनी, कञ्चनजंघा एफसी ७–० ले पराजित

194
  •  
  •  
  •  

पोखरा, २३ माघ (ओएनएस) :  पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले भारतको कञ्चनजंघा एफसीमाथि फराकिलो अन्तरको जित निकालेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा कञ्चनजंघमाथि पूरै हाबी भएको मनाङले ७–० को जित निकाल्यो । मनाङले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो ।

नवौ मिनेटमा शीव श्रेष्ठले गोल गर्दै अग्रता दिलाए । ३१ औं मिनेटमा विशाल राईले अग्रता दोब्बर पार्दा सुजल श्रेष्ठले ३८ औं मिनेटमा तेस्रो गोल गरेपछि मनाङ खेलमा पूर्ण रुपमा हाबी भयो । लगत्तै विशालले ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफअघि मनाङलाई ४–० ले अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा सुशील केशीले गोल गर्दै मनाङको अग्रता ५–० मा पुर्याए । खेलसकिन २ मिनेट बाँकी छदा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दा मनाङको खातामा आधा दर्जन गोल भयो । अन्तिम मिनेटमा कृष्ण कुँवरले गोल गर्दै मनाङलाई ७–० को फराकिलो अन्तरको जितको हकदार बनाए । अब मनाङले अन्तिम आठमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


  •  
  •  
  •