सुदुरपश्चिमको विजयी सुरुआत

239
  •  
  •  
  •  

पोखरा, २१ माघ (ओएनएस) :  सुदुरपश्चिम फुटबल क्लब पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा सुदुरपश्चिमले सशस्त्र प्रहरी बललाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

सुदरपश्चिमको जितमा शीव सुवेदीले खेलको सातौ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा शसस्त्रले प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी गर्ने मौकाबाट चुक्यो । आदित्य चौधरीको प्रहारलाई सुदुरपश्चिमका गोलकिपर विरेन्द्र चन्दले उत्कृष्ट बचाउ गरे ।

५५ औं मिनेटमा उनै आदित्यले रातो कार्ड पाउँदै मैदान छाडेपछि सशस्त्र १० खेलाडीमा सिमित बन्यो । उनले सुदुरपश्चिमका अफ्रिकी मूलका खेलाडी केडिक अबालाई फाउल गरेपछि सिधा रातो कार्ड पाए । त्यसपछि दवाबमा आएको सशस्त्रले गोल फर्काउन सकेन र खेल सुदुरपश्चिमले जित्यो ।


  •  
  •  
  •