राँके बजारमा आगलागी आधा दर्जन घर जलेर नष्ट

182
  •  
  •  
  •  

पाँचथर १९ कात्तिक (ओएनएस) : पांचथर र इलामको सीमानामा पर्ने रांके बजारमा आगलागी भएको छ । बिहान लागेको आगोबाट आधा दर्जैन घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा केहीघरहरु भत्तकाइएको छ । स्थानिय कर्ण गुरुङको घरबाट सल्केको आगोले अन्य आधा दर्जन घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रण बाहिर जान लागेपछि अहिले संगै टांसिएर रहेका घरहरु भत्काइएको जिल्ला प्रहरी कार्यालय पांचथरले जनाएको छ । नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानिय बिहानदेखि खेटिएका थिए । आगो नियन्त्रणमा लिन झापा र इलामबाट एक एक वटा दमकल समेत मगाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •