आगो लगाएर दुई दिन घरमै थुने

434
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख : उसै त आगोले जलेर भतभती पोल्ने घाउ, त्यसमाथि मलमबिना दुईदिनसम्म घरमै थुनेर थप थातना दिँदाको पीडा !
चैत ३ गते दाइजोको निहुँमा पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढलाफीलाई यतिखेर जलेको घाउ बरु त्यती दुख्दैन, जति आफ्नै पतिबाट पाएको पीडा र यातना दुख्छ।
उनी घरि आगोले खर्लप्पै निलेको आधा शरीर नियाल्छिन्,घरि एकोहोरो टोलाउँछिन् विगततिर, जहाँ सँगै जीन्दगी बिताउँछु भनी निकाहा गरेका पतिबाट्ट पाएको यातनाबाहेक उनीसँग केही छैन।
त्यो फागुको दिन थियो। विगतमा पनि पटकपटक दाइजोको कुरा झिकेर यातना दिने पति फरिद सेख त्यस रात अली बढ्तै उग्र भए। रिहानाको दुबै हात बाँधेर सुम्ला उड्नेगरी जिउभरी बेल्ट बर्साए। गुप्ताङ्गमा चुरोटले पोले। पीडा सहन नसकेर उनी ओछ्यानमै घोप्टो परिन्। एकछिन सबै शान्त भयो। तर, यो शान्ति क्रुरताको अन्त्य थिएन।
राती ११ बजेतिर सासूले पछाडिबाट आएर रिहानाको जिउमा मट्टीतेल खन्याइन्। उनी अत्तालिइन्र बेल्टको चुटाइले पहिलेनै उनी हल न चल भइसकेकी थिइन्। आगो लगाउन खोजे भनेर जान्दाजान्दै भाग्न सकिनन्। उनी चलमलाइरहेकी थिइन्, एक्कासी लोग्ने आएर झ्वार्र आगो सल्काइहाल्यो।
उपचारका लागि मंगलबार वीर अस्पताल ल्याइएकी रिहानाले  आफ्नो यो पीडा सुनाउँदा मिनेट मिनेटमा उनका गला अवरुद्ध भइरह्यो।
बाँके लक्ष्मणपुर ८ मियापुरकी रिहानालाई मोटरसाइकल र भैसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका हुन्। शीररको तल्लो भाग पुरै जलेकी उनलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो।
नागरिक दैनिकबाट 

  •  
  •  
  •