कपडा र कपास कारखानामा आगलागी

305
  •  
  •  
  •  

aagoभक्तपुर, २५ माघ (ओएनएस) : भक्तपुरको बालकोटमा रहेको कपास र लुगा कारखानामा आगलागी भएको छ ।अनन्तलिंगेश्वर नगरपालिका-१ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा गएराति आगलागी भएको हो । शनिबार राति करिव ९ बजे लागेको आगो बिहान मात्रै नियन्त्रणमा आएको थियो ।

भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले रातभर प्रयास गर्दापनि नियन्त्रणमा आउन नसकेको व्रहरीले जनाएको छ । ८ घण्टापछि बिहामन मात्रै नियन्त्रणमा आउृको र पुरै कारखानाको कपडा, कपास जलेर नष्ट भएको छ ।

सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए ।

कारखानाका सन्चालक खड्काले भने सबै कारखानामा एकै पटक आगो देखिएकोले नियतवश आगलागी गराएको आशंका गरे । उनका अनुसार १५ लाखको मेशिनसहित ३५ लाख वरावरको क्षति भएको छ ।

विद्युत सर्ट हुँदा अआगलागी भएको प्रहरीका अनुमान छ ।

दमकलका कर्मचारीको मृत्यु
भक्तपुरको बालकोटस्थित कालिञ्चोक कपास उद्योगमा लागेको आगो निभाउन जादै गरेको दमकल काठमाडौंको तीनकुनेमा दुर्घटना भएको छ । दुर्घटनामा खानेपानीका कर्मचारी रञ्जित श्रेष्ठको मृत्यु भएको छ । अन्य ४ जना दमकलका कर्मचारी घाइते भएका छन् ।


  •  
  •  
  •