आगलागीमा एकै परिवारका चारजनाको मृत्यु

263
  •  
  •  
  •  

aagoकाठमाडौं १९ माघ (ओएनएस) : धादिङमा एउटा घरमा आगलागी हुँदा एकै परिवाकरा चार जनाको मृत्यु भएको छ। धुन्‍सा १ चरौंदिस्थित स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगलागी हुँदा चार जनाको मृत्‍यु भएको हो।

आज बिहान १ बजेपछि विद्युत् सर्ट भइ आगलागी हुँदा परिवाकरा सदस्य घरभित्रै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । आगलागीबाट थपलियाको छोरी, ज्‍वाइ र नातीनीको मृत्‍यु भएको छ भने घर पुरै जलेर नष्ट भएको छ।

आगलागीमा परि घाइते भएकी थपलियाको श्रीमतीलाई उपचारका लागि काठमाडौं ल्याइएपनि अस्पतालले भर्ना गर्न मानेको छैन । आगलागीमा छोरी योजना थपलियाको नाम खुलेको छ भने अन्‍य दुई जनाको नाम खुलाइएको छैन।


  •  
  •  
  •