रिसले आफ्नै घर डढाएपछि …

197
  •  
  •  
  •  

काठमाडौं १९ पुस ।
रिसको आवेगलाई थाम्न नसक्दा मोरङको थलहाका एक ब्यक्तिले आफ्नै घर जलाएर स्वाहा वनाएका छन् । घरायसी झगडा पछि आवेगमा आएर आफ्नै घरमा आगो लगाई स्वाहा वनाएपछि जाडोमा उनको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।

मोरङको थलहा ४ का बंकरलाल सरदारले श्रीमतीसित झगडा हुँदा बिहिवार राती आफनै घरमा आगो लगाएका हुन् । घरमा मासु भात पकाइरहेका बेला बिहिवार साँझ सरदार दम्पतिबीच झगडा भएको थियो ।

जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालका अनुसार श्रीमतीसित झगडापछि बंकरलालले भातको माड श्रीमतीको अनुहारमा फालेका थिए । तातो माडका कारण उनकी श्रीमतीको अनुहारमा फोका भएको छ ।

आफुमाथि माड फालिएपछि उनकी श्रीमती घरवाट वाहिर निस्कना साथ बंकरलालले आफ्नै घरमा आगो लगाई बाहिर हाँस्दै गरेको बेला स्थानिय वासिन्दाहरूले प्रहरीलाई खवर गरेका थिए । विराटनगरवाट प्रहरी र वारुणयन्त्र पुग्दा सम्म उनको तीनवटा फुसको घर जलेर नष्ट भएको थियो । घर भित्र रहेको पाँचवटा बाख्रा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिवाट २ लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।

आगलागी पछि उनको तिनवटै घर जलेर नष्ट हुदा घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यहरू छिमेकीको घरमा बस्न बाध्य भएका छन् । आगो लगाउने बंकरलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरि कारवाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनि यस अघि पनि पटक पटक श्रीमतीसित झगडा हुँदा घरमा आगो लगाउने धम्की दिदै आएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •