एएफसी यू–२३ च्याम्पियनसिप : नेपालले अफगानिस्तानसँग भिड्दै

349
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा समूहको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

अफगानिस्तान र नेपाल दुवै प्रतियोगिताबाट प्राविधिक रुपमा बाहिरिइसकेका छन् ।  कतारको दोहास्थित एस्पायर एकेडेमीको मैदानमा नेपाली समयअनुसार खेल राति पौने १० बजेदेखि शुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित भएका दुवै टोली छनोट प्रतियोगितामा पहिलो जितको खोजीमा पनि हुनेछन् ।

थाइल्याण्डमा हुने प्रतियोगिताको छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल र अफगानिस्तानसहित कतार र ओमान थिए । नेपालले ओमानसँगको पहिलो खेल १–० र कतारबिरुद्धको दोस्रो खेल ५–० को फराकिलो अन्तरले गुमाएको थियो ।अफगानिस्तानले भने पहिलो खेलमा कतारसँग २–० र दोस्रो खेल ओमानसँग २–१ ले गुमाएको थियो ।


  •  
  •  
  •