एएफसी छनोटको दोस्रो चरणका लागि नेपाली टिम घोषणा

455
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : एएफसी छनोटको दोस्रो चरणका लागि नेपाली यु–१९ महिला फुटबल टिम घोषणा गरिएको छ ।

एन्फाले मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको सल्लाहमा २३ सदस्यीय टिमको घोषणा गरिएको हो ।  प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन प्रस्थान गर्दैछ ।

कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० ले पराजित गर्यो ।

दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ । छनोटको शीर्ष टोलीले एएफसी यू –१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । छनोटको समूह ’ए’ मा रहेको नेपालले पहिलो खेलमा अप्रिल २६ मा अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।

नामावली

गोलकिपरः अन्जन राना मगर, रेबिका राई, उषा नाथ

डिफेण्डरः पुजा राना मगर, सलोनी राना मगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला वि क, सबिता राना मगर

मिडफिल्डरः सरु लिम्बु (कप्तान), सुहानी कुशुवार, प्रीति राई,मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैध्य, मनिषा राउत, सम्झना लावती ।

स्ट्राइकरः रेखा पौडेल, रेश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, निर्मला उपाध्याय ।


  •  
  •  
  •