स्वस्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीलार्इ चिकित्सकहरुले दिए काउण्टर, मानेनन् अादेश र निर्णय

57
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आमरण अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काम छाडेर अान्दाेलनसहित हडतालमा उत्रेका छन् ।

डा. केसीको समर्थनमा आन्दोलनरत डाक्टरहरुले शुक्रबार माइतीघर मण्डलामा अान्दाेलनसहित हडतालमा उत्रेका हुन् । आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शनलार्इ जारी राखेका छन्।

उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। १४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै डाक्टरहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।

प्रदर्शनका क्रममा डाक्टरहरुले डा केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका थिए। तर स्वस्थ्य मन्त्री उपेन्द्र यादवले अविरल वर्षाका कारण अाएकाे बाढी पहिरोले सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न स्वास्थ्यकर्मीहरुलाई बिहिबार निर्देशन दिएका थिए।

उक्त निर्देशन नटेरेर डा.केसीकाे समर्थनमा शिक्षण अस्पतालका चिकित्सक र इन्टन डक्टरहरु अान्दाेलनमा उत्रेका हुन्।

त्यस्तै केही दिनअघि प्रम केपी अाेलीले माइतीघर मण्डला लगायतका स्थानमा प्रर्दशन  तथा हडताल लगायत कुनै पनि कार्य गर्न नपाउने गरी निर्णय गरेका थिए।

उक्त निर्णयलार्इ अदालतले अाजसम्मकाे लागि कार्यान्वयन नगर्न अादेश दिएकाे थियाे, तर प्रम अाेलीले जसले जे भने पनि माइतीघर मण्डला लगायतका स्थानमा प्रर्दशन तथा हडताल लगायत कुनै पनि कार्य गर्न नदिने बताएका थिए।

त्यसकाे बावजुद पनि डा.केसीकाे समर्थनमा शिक्षण अस्पतालका चिकित्सक र इन्टन डक्टरहरु साेही स्थानमा अान्दाेलन गरिरहेका छन्।


  •  
  •  
  •