सरकारी कार्यक्रमलाई बैंकको असहयोग

278
  •  
  •  
  •  

काठमाडौं ३० चैत । युवालाई सहुलियत व्याजदरमा ऋण लगानी गरी स्वदेशमै आत्मनिर्भर बनाउने उदेश्यले सरकारले आर्थिक वर्ष ०६५/६६ देखि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सुरु गर्‍यो ।

वाणिज्य बैंकहरुले चासो नदेखाएपछि कोषको कम सहकारी मार्फत लगानी भइरहेको छ । सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका साथै केही विकास बैंकहरुले मात्र कोषको रकम लगानी गरेका छन् । युवालाई कृषिमा आकषिर्त गर्न सरकारले ६ प्रतिशत व्याजदरमा कृषि कर्जा दिने घोषणा गर्‍यो ।
सोही अनुसार राष्ट्रबैंकले कार्यविधि बनाएर कर्जा लगानी गर्न बैंकहरुलाई आहृवान गरे पनि हालसम्म करिब १ अर्बमात्र लगानी भएको छ ।

वित्तीय पहुँच बढाउन सरकारीस्तरबाट आएका कार्यक्रमलाइृ निजी क्षेत्रका बैंक तथा बित्तीय संस्थाले असहयोग गरेको यी केही उदाहारण हुन् । व्याज अनुदानसहित आएका सरकारी कार्यक्रममा जोखिम बढी भएको र लगानी उठ्ने निश्चिततासमेत नभएको भन्दै बैंकहरुले लगानीमा चासो नदेखाएका हुन् ।
कारोबारबाट


  •  
  •  
  •