एकीकृत माओवादी नेतृत्वको मोर्चाद्वारा संसद बैठक अवरोध

90
  •  
  •  
  •  

काठमाडौं २७ असोज (ओएनएस) : एकीकृत माओवादी नेतृत्वको मोर्चाले संसद् बैठक अवरुद्ध गरेको छ । बारामा भएको घटनाको स्पष्ट जवाफ आउनुपर्ने माग गर्दै एमाओवादी र मधेशवादी दलले संसद बैठक अवरुद्ध गरेका हुन् ।

गृहमन्त्री बामदेव गौतमले आईतबार संसदलाई दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै स्पष्ट जवाफ दिनुपर्ने र स्थानीयवासीको माग तुरुन्त पुरा गर्नुपर्ने भन्दै बैठक अवरोध गरेका हुन् ।


  •  
  •  
  •