इराक अनौठा विशेषताले भरिएको देश हो । यहाँको प्रकृति पनि विचित्रको छ । यस्तै विचित्र प्रकृतिको नमूना हो ‘टिगरिस-यूप्रेटीज मार्शल्याण्ड’ । ५ हजार वर्ष अघि देखि यो क्षेत्रमा मार्श अरव समुदायका मानिस बसिरहेका छन् ।
यो समुदायमा घुमन्ते जाति पनि छन् । उनीहरु भने समुन्द्रमा तैरिने घरमा बस्छन् । लामो समय देखि यिनीहरुको इतिहास यहाँको नदीसँग जोडिएको छ ।
यी समुदायका ब्यक्ति माछा छोप्न पोख्त हुन्छन् । अन्य समुदायका मानिसहरुले यिनीहरुलाई माछा मार्नका लागि प्रयोग गर्छन् ।
केही समय पानीकोबीचमा बसेपछि उनीहरु आफ्नो घरमा फर्किन्छन् । यिनीहरुले आफ्नो संस्कृति पनि प्रकृति र पर्यावरण अनुकुल बनाएका छन् ।
कतिपय घर समुन्द्रको किनारमा बनेका छन् तर अधिकाँश समुन्द्रमै बनेका छन् । यो जनजातीय समुदायको जिविका माछा मारेर नै चलेको छ भने आधुनिक विकाशसँग यिनीहरुलाई कुनै मतलव नै छैन ।
यी घरहरु पानीमा नडुब्ने गरी बनाइएको छ । एउटा पनि किल्ला प्रयोग नगरी केवल ३ दिनमा बनाउँछन् यो समुदायका मानिस ।
यसै कारण इराकको यो क्षेत्रलाई मध्य-पूर्वको भेनिस पनि भन्ने गरिएको छ । एजेन्सी ।